अषाढ २९, २०८१ (शनिबार) पछिल्लाे तथ्यांक र सर्वेक्षण अनुसार नेपालमा महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सर स्तनकाे क्यान्सर हाे । समयमै पत्ता लागेमा पूर्णरूपमा क्यान्सर निर्मुल पार्न सकिने भएतापनि नेपालमा स्तन क्यान्सर सम्बन्धि जनचेतनाकाे अभावमा धेरै महिलाहरूले ज्यान समेत गुमाउनु पर्ने अवस्था छ । स्तन क्यान्सर सम्बन्धि जनचेतना बढाउने उदेश्यका साथ नयाँबजार, काठमाण्डाैं-१६ स्थित करूणा सिटी क्लिनिकले मिति अषाढ २९ गते शनिबारका दिन काठमाण्डाैं शहरकाे मुटु मानिने ज्याठा, असनमा सचेतना कार्यक्रम सञ्चालन गरेकाे छ । मिसा पुच: ज्याथा पञ्चदान गुथि प्रजापति खल: नामक महिला समुहकाे आयाेजनामा सञ्चालन भएकाे साे कार्यक्रममा महिला समुहका सदस्य सहित स्थानिय महिला दिदीबहिनीहरूकाे बाक्लाे उपस्थिति थियाे । सचेतना कार्यक्रममा बरिष्ठ स्तन क्यानसर राेग बिषेशज्ञ डा. प्रफुल्ल शाक्यज्यूले उपस्थित सहभागीहरूलाई स्तन क्यान्सर सम्बन्धि बिस्तृत जानकारी दिनुका साथै कसरी हरेक महिना आफ्नाे स्तनकाे स्वयं जाँच गर्ने, स्तन क्यान्सर समयमै पत्ता लगाउन के के गर्ने भन्ने बिषयमा स्पष्ट पार्नु भयाे । साथै बरिष्ठ नर्स रूपा महर्जनज्यूले नेपालमा महिलाहरूमा हुने दास्राे प्रमुख क्यान्सर पाठेघरकाे मुखकाे क्यान्सर, सावधानीका उपाय, नियमित परिक्षण तथा पाठेघरकाे मुखकाे क्यानसरबाट जाेगाउने भ्याक्सिन (HPV vaccine) बारे महत्वपूर्ण जानकारी दिनु भयाे । करूणा सिटी क्लिनिकले क्यान्सर सम्बन्धि जनचेतना बढाउने कार्यमा बिभिन्न स्थानीय संघसंस्थाहरूसँग सहकार्य गर्दै बिभिन्न स्कुल, कलेज, सामाजिक संस्था, व्यवसायिक संस्था, टाेलहरूमा सचेतना तथा चेक जाँच (screening) कार्यक्रमहरू सञ्चालन गर्दै आएकाे छ । #breastcancerawareness #breastcancerscreening #breastcancertreatment #karunacityclinic @Dr.PrafullaShakya
Early Detection Saves Lives
At Karuna City Clinic, we understand the importance of breast cancer awareness and early detection. We offer state-of-the-art screening and diagnostic services to ensure that you receive the best care possible. Our team of experienced doctors and nurses will work with you every step of the way to ensure that you get the support you need. Don’t wait until it’s too late, schedule your screening appointment today and take control of your health!









