
असाेज ०६, २०८१ (आईतबार)
नेपालमा पहिलाेपल्ट आयाेजना भएकाे अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन २०८१ (International Childrens’ Literature Conference 2024) कमलादीकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजाे शनिवार सम्पन्न भएकाे छ ।
असाेज ४ र ५ गते गरी दुई दिन सञ्चालन भएकाे यस सम्मेलनमा सहभागी भएका बिभिन्न नेपाली तथा बिदेशी साहित्यकारहरूले आफ्ना २५ बढी शाेधपत्र र साहित्य कृतिहरू पेश गरेका थिए । साथै बल कथा वाचन, बाल किताब तथा बाल चित्रकला प्रदर्शन समेत गरिएकाे थियाे ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रिडकाे संयुक्त आयाेजनामा सञ्चालन भएकाे यस दुई दिने सम्मेलनमा सहभागी भएका १००० भन्दा बढी आगन्तुक, विद्यार्थी र अतिथीहरूकाे निःशुल्क स्वास्थ्य परिक्षण तथा प्राथमिक उपचारकाे व्यवस्थापन नयाँ बजार, काठमाण्डाै स्थित करूणा सिटी क्लिनिकद्वारा गरिएकाे थियाे ।
साथै नेपालमा महिलाहरूमा हुने प्रमुख क्यान्सर – पाठेघरकाे मुखकाे क्यान्सर – बारे जनचेतना बढाउने उदेश्यका साथ पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि जनचेतनामूलक सामाग्री वितरण गर्नुका साथै सहभागीहरूलाई सावधानीका उपाय, नियमित परिक्षण (screening) तथा पाठेघरकाे मुखकाे क्यान्सरबाट जाेगाउने खाेप (HPV vaccine) बारे महत्वपूर्ण परामर्श प्रदान गरिएकाे थियाे ।
#internationalchildrensliteratureconference #childrenliterature #healthcheckup #firstaid #cervicalcancerawareness #cancerscreening
#karunacityclinic #kathmandu








